काठमाडौं–भारतले नेपाली भू-भाग हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको विरोधमा युवाहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। सीमा बचाउ अभियानका तर्फबाट भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। साढे १ बजे भएको प्रदर्शनका सबै सहभागीलाई प्रहरीले पक्राउ गरेको हो।
यसअघि अनेरास्वयुको नेतृत्वमा आजै भारतीय दूतावासअगाडि पनि प्रदर्शन तय भएको थियो। तर निर्धारित समयअगाडि नै सहभागीलाई प्रहरीले पक्राउ गरेको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।