काठमाडाैं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाली भूमि मिचिएको प्रति सरकारी संयन्त्रको भूमिका बारे प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मेन्सन गर्दै थापाले आफ्नाे भूमि मिचिदा पनि थाहा नै नपाउने कस्तो राज्य संयन्त्र भनेर प्रश्न गरेका हन्।
‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र?’ थापाले लेखेका छन्, ‘नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो। अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।