होउ यान्छी, नेपालका लागि चिनियाँ राजदूत
काठमाडौं– चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाली नियम कानुन तथा लडकाउनका उपाय कडाइपूर्वक पालाना गर्न निर्देशन दिएको छ। ‘चिनियाँ पक्षले सधै माग गरेको छ कि नेपालमा चिनियाँ नागरिकले नेपालको कानुन र नियमलाई कडाइपूर्वक पालन गर्नुपर्छ,’ शुक्रबार सिंहदरबारअघि प्रदर्शन गर्दा पक्राउ परेका चिनियाँ नागरिकबारे सोधिएको प्रश्नमा दूतावाका प्रवक्ताले भनेका छन्, ‘तर्कसंगत मागलाई तर्कसंगत रूपमा तथा कानुन अनुसार व्यक्त गर्नुपर्छ।’
करिब ४ दर्जन चिनियाँ नागरिकले शुक्रबार सिंहदबारअघि घर फर्किन पाउनुपर्ने भन्दै प्रर्दशन गरेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। ‘नेपालस्थित चिनियाँ दूतावास र नेपाल प्रहरीसँगको परामर्श र सहकार्यमा यसलाई उपयुक्त तरिकाले समाधन गरिएको छ,’ दूतावासले भनेको छ।
यसैबीच चिनियाँ दूतावासले चिनियाँ नागरिकको वैध अधिकार र चाहानाको संरक्षण गर्न नेपाली पक्षसँग आग्रह गरिएको पनि बताएको छ। दूतावासले धेरै चिनियाँ नागरिक नेपालमा फसेको र अस्थायी उडानमार्फत ३ सय ४० नागरिको उद्धार गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।