काठमाडौं–भारतले लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा अनेरास्ववियुले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
अनेरास्ववियुले दिउँसो १ बजे सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक तथा पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको उद्घाटन गरेका हुन्। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।