काठमाडौं- नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।