नयाँदिल्ली- भारतमा कोरोना संक्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ।
केन्द्रीय माध्यमिक शिक्षा बोर्डअन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको हो।
केन्द्रीय सरकारअन्तर्गत रहेर लिइने यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरु सहभागी हुने गर्छन्।
‘विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन। भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।