• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजनीतिक नक्साबाट मिचेको नेपाली भूमि लिपुलेकमा भारतले सडक खोल्यो

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २६, २०७७  १८:४३
1140x725

काठमाडौं– यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले नेपाली भूमि लिपुलेक हुँदैे मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको छ। एकक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिपुलेक र लिम्पयाधुरा समेत) पारेपछि विवाद उत्पन्न भएको थियो। त्यसको कूटनीतिक माध्यममार्फत समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो। 

रक्षामन्त्री सिंहले ट्विटरमा दिएको जानकारी अनुसार उनले भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। 

— Rajnath Singh (@rajnathsingh) May 8, 2020

सीमाविद् एवम् नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले विवादित क्षेत्रबाट सडक उद्घाटन गरेर भारतले गर्नै नहुने काम गरेको बताए। ‘भारतको धार्चुला (हाम्रो दार्चुला)बाट उत्तरतर्फ लगेर गुञ्जी पुर्‍याएर त्यहाँबाट लिपुलेकसम्म र लिपुलेकबाट मानसरोबर लैजाने भनेर भारतीय रक्षामन्त्रीले ट्विट गरेका छन्,’ श्रेष्ठले नेपाल लाइभसँग भने, ‘नेपाल र भारतको विवादित क्षेत्रबाट भारतका रक्षा मन्त्रीले सडक उद्घाटन गरे जुन गर्नै नहुने काम हो।’

श्रेष्ठले गत नोभेम्बरमा राजनीतिक नक्सामा नेपाली भूमि पारेपछिको यो नेपाली भूमि अतिक्रमणको दोस्रो चरण भएको बताए। ‘नेपाल र भारतबीच यो विषयमा कुराकानी चलिरहको छ,’ श्रेष्ठले भने, ‘त्यसमा निर्णय नहुँदै औपचारिक रुपमा रक्षामन्त्रीले उद्घाटन गरे। यो नेपाली भूमि अतिक्रमणको दोस्रो चरण हो। नोभेम्बर २ मा राजनीतिक नक्सा बनाएर नेपाली भूमि पारियो, अहिले आएयर त्यसलाई कार्यन्वयन गरेर सकडबाट मानसरोबार जाने आउने यात्रुलाई यात्रा खुला गरेर उद्घाटन गर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले अब नेपालले त्यसको विरोध गर्नुपर्ने बताए। ‘सबैभन्दा पहिले नेपालले प्रोटेस्ट (विरोध) गर्नुपर्‍यो,’ उनले भने, ‘नोभेम्बर २ मा भारतले नक्सा निकाल्दा पनि हाम्रो परराष्ट्र मन्त्रालयले प्रोटेस्ट गरेको थियो। अनि त्यसको विरोधमा कूटनीतिक नोट पनि पठाएको थियो।’

परराष्ट्र मन्त्रालय स्रोतले भने यसबारे अहिलेसम्म कुनै जानकारी नरहेको बताएको छ। पूर्वपरराष्ट्र सचिव मधुरमण आर्चायले नेपालले भारतलाई तत्कालै पत्र लेखर त्यो काम रोक्न भन्नुपर्ने बताएका छन्। ‘नेपाल सरकारले तत्कालै भारत सरकारलाई पत्र लेखेर नेपाली भूमिमा पर्ने लिपुलेक क्षेत्रमा एकपक्षीय रुपमा निर्माण वा अन्य गतिविधिलाई द्विपक्षीय रुपमा नेपाल र भारतबीचको सीमा विन्दु निश्चित नगरिएसम्म रोक्न भन्नुपर्छ,’ आचार्यले ट्विटरमा लेखेका छन्। 

The Government of Nepal should immediately ask the Government of India in writing to stop construction or activity that changes the status quo unilaterally in the Lipulekh area, which lies in Nepal’s territory, until the border point between Nepal and India is fixed bilaterally!

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
— Madhu Raman Acharya (@MadhuRamanACH) May 8, 2020

दाचुर्लाका सांसद गणेश ठगुन्नाले नेपाली भूमिबाटै बाटो उद्घाटन गरेको बारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘त्यो उनीहरुकै भूमि हो,’ ठगुन्नाले भने, ‘उनीहरुको जो बाटो हो महाकाली पारिपट्टी नै बनाएका छन्। महाकाली पार गर्‍यो भने मात्रै हाम्रो भूमि पर्छ। महाकालीवारी होइन होला।’ 

गत मंसिरमा नेपाल लाइभसँग गरेको अन्तर्वार्तामा दार्चुलाकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुले ६ महिनाभित्र लिपुलेक पुर्‍याउने गरी भारतले बाटो बनाइरहेको बताएका थिए। ‘वर्तमान अवस्थामा भारतले महाकालीपारिबाट युद्धस्तरमा बाटो निर्माण गरिरहेको छ। तीन महिनाभित्र त्यो बाटो कालापानी पुग्दैछ,’ उनले भनेका थिए, ‘त्यो लिपुलेक पुर्‍याउने भारतको योजना रहेको जानकारीमा आएको छ। त्यसलाई पनि हाम्रो भूमिमा प्रवेश गर्न नदिन सरकारले पहल गर्नुपर्छ। सँगसँगै एकदमै सुस्त गतिमा बनिरहेको हाम्रो बाटोलाई पनि महाकाली नदीको किनार हुँदै उत्तरी बोर्डर चीनसम्म जोडिने क्षेत्र तिंकरसम्म लैजानुपर्छ। वर्तमान सरकारले यो बाटोलाई महत्व दिन सकेन। संघीय सरकारले दुई पटक बजेट ल्यायो। तर, दुई पटक नै दार्चुला–तिंकर सडकको नाम हटाइयो। सरकारले अब दुई वर्षभित्र सडक निर्माण हुने गरी कदम चाल्नुपर्छ।’

भारतले  नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको भन्दै त्यसको एकपक्षीय कार्य मान्य नहुने भन्दै नेपालले विरोध जनाएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
सम्बन्धित सामग्री
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन... सोमबार, कात्तिक ९, २०८३
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु सोमबार, कात्तिक ९, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ सोमबार, कात्तिक ९, २०८३
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्