काठमाडौं– नेकपाका सांसदहरुलाई संघीय संसदको बजेट अधिवेशनमा दलगत एकता र विषयगत एकरुपता देखाउन प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिएका छन्। पार्टीमा विवाद उत्कर्षमा पुगेका बेला उनले सांसदहरुलाई पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन्।
संसद अधिवेशनअघि संसदीय दलको बैठक कोरोना संक्रमणको त्रासका कारण बस्न नसकिएको बताउँदै उनले सक्रिय, समझदारीपूर्ण र एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका हुन्। पत्रमा भनिको छ, ‘संसदमा हाम्रो दलगत एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्युहरुले बुझ्नुभएकै छ।’
नेकपा सांसदहरुले यसलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा फरक मत नराख्न निर्देशन दिइएको रुपमा बुझेका छन्।
नेकपा सांसद मेटमणि चौधरी बजट अधिवेशनमा सरकारका कामकारबाहीको विरोध नगर्न निर्देशन दिइएको बताउँछन्।
प्रधानमन्त्री ओलीले अरु भेटघाट आवश्यकता अनुसार गरिने बताउँदै संसदीय दलको बैठक चिकित्सकको मापदण्ड अनुसारको ठाउँ नभएका कारण नगरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।