काठमाडौं- मंगलबारदेखि सेयर बजार सुचारु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई मंगलबारदेखि सेयर बजार बिहान ११ बजेदेखि एक बजेसम्म कारोबार सुचारु गर्न निर्देशन दिएको हो।
बोर्डले बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ। कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।
बोर्डले डिजिटल कारोबारका लागि ब्रोकर तथा नेप्सेलाई प्रोत्साहन गर्ने निर्देशन दिएको छ। अनलाइनबाट कारोबार गराउन बोर्डले अनुरोध गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।