काठमाडौं- नेपाल राष्ट्र बैंकले पूर्वबजेटकालीन अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्क्रियामा गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद, नेपाल वित्तीय संस्था संघको उपस्थिति थियो। राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को बजेटका लागि अन्तर्क्रिया गरेको हो।
छलफलबाट राष्ट्र बैंकले आवस्यक सुझाव संकलन गरेको थियो। वेबीनारमार्फत नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना पूर्व बजेटकालीन अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। सहभागीले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड-१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरु प्रस्तुत गरेका थिए।
विगतका वर्षहरुमा नेपाल राष्ट्र बैंकले प्रत्यक्षरूपमा पूर्व बजेटकालीन अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै आएकोमा हाल विश्वव्यापी रूपमा देखापरेको कोभिड-१९ को विषम परिस्थितिका कारण मुलुक बन्दाबन्दी अवस्थामा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थासमेत रहेकोले बैंकले चालु वर्ष वेबीनारमार्फत उक्त कार्यक्रम आयोजना गरेको हो।
सो अवसरमा बैंक तथा वित्तीय संस्था, पुँजी गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ ले बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको बताए। आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरु एवम् सहभागीहरुबाट प्राप्त सुझावहरूसमेत अर्थविज्ञसँग बैंकले पूर्व बजेटकालीन प्रतिवेदनका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ सुझावहरू संकलन गरेको हो। उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष सो अवसरमा बैंकका प्रवक्ता एवम् अनुसन्धान पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।