सांकेतिक तस्बिर
काठमाडौं– काठमाडाैंकाे रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। ज्यान जानेमा मोटरसाइकल चालक झापाका २३ वर्षीय टीकाराज गेलाल छन्।
उनले चलाएको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल नेपाली सेनाका कर्णेलले चलाएको कारमा ठोक्किएको थियो। कारमा ठोक्किएपछि मोटरसाइकल चालक गेलालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुवँरले जानकारी दिए।
लेन मिचेर तीव्र गतिमा हुँइकिएको मोटरसाइकल विपरीत दिशाबाट आएको कारमा ठोक्किएको थियो। उक्त कार कर्णेल शिखर जबराले चलाएका थिए। जबराले चलाएको बा २१ च ४३४७ नम्बरको कारमा मोटरसाइकल ठोक्किएको हाे।
दुर्घटनामा युवकको मृत्यु भएपछि कर्णेललाई प्रहरीले हिरासतमा राखेको छ भने कारसमेत नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।