सभामुख अग्नि सापकोटाको बिहीबार स्वाब संकलन गरिँदै। तस्बिर : नेपाल लाइभ
काठमाडाैं- संघीय संसदका २७५ सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनमा त्यति सांसदहरुकाे पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए।
बिहीबार २ सय १२ सांसदहरुको स्वाब संकलन गरिएको थियो भने शुक्रवार थप ६३ सांसदहरुकोे स्वाब संकलन गरिएको थियाे। प्रतिनिधि सभातर्फ २३२ र राष्ट्रिय सभातर्फ ४३ जनाको स्वाब संकलन गरिएको हाे।
संघीय संसदका सांसदसहित कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी बिहीबार ४ सय ४१ र शक्रबार २ सय ५१ जना गरी जम्मा ६ सय ९२ जनाको स्वाब संकलन गरिएको छ। कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न ५४ सांसद बाँकी रहेको संसद सचिवालयले जनाएको छ
बिहीबार परीक्षण गराउनेकाे रिपाेर्ट आज २ बजे आउने
सांसदहरूको कोरोना परीक्षणको रिपोर्ट आज दिउँसो २ बजेसम्म आउने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश गुप्ताले अहिले परीक्षणकै क्रममा रहेकाले २ बजेसम्म संसदमा पठाउने तयारी भइरहेको बताए।
शुक्रबार ४ बजेबाट संसदको बजेट अधिवेशन सुरु हुने भएकाले त्यसअघि रिपाेर्ट प्राप्त हुने सचिवालयले जनाएको छ। कोरोना परीक्षणको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा प्रवेश पाउने भएकाले संसद सचिवालयमा एकमुष्ट रिपाेर्ट प्राप्त हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।