भैरहवा- राहत वितरणलाई विना पूर्वाग्रह र पारदर्शी बनाउन नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ बुटवलले आग्रह गरेको छ। राहत वितरण व्यवस्थित र नियमित नभएको भन्ने जनगुनासो आइरहेको भन्दै यसलाई अविलम्ब सच्चाउन उसले माग छ।
विश्वभर कोरोना महामारीका कारण करोडौं मानिस रोजगारविहीन बन्न थालेको भन्दै नेपालमा पनि हजारौं मजदुर अहिलेको समयमा बेरोजगार जस्तै बनेकाले उनीहरुलाई राहत वितरणमा विशेष ध्यान दिन आग्रह गरिएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ बुटवलका अध्यक्ष मुकुन्द अधिकारी र वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेल्बासेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
ज्यालादारीमा काम गर्ने मजदुरहरु, न्यून आय भएका विपन्न परिवारहरु र भाडामा बसेका विद्यार्थीहरुलगायत कोही पनि भोको नरहने गरी विना पूर्वाग्रह व्यवस्थित र नियमित रूपमा राहत वितरण गर्न सरकारसंग माग गरिएको वरिष्ठ उपाध्यक्ष बेल्बासेले बताए। लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुहरुलाई व्यवस्थापन र सीमापारी रहेका नेपालीलाई प्रक्रिया पुर्यएर नेपाल फर्काउनसमेत ट्रेड युनियन कांग्रेस प्रदेश ५ काे माग छ।
सरकारका सबै निकायहरुको भूमिका प्रभावकारी नदेखिएको ट्रेड युनियन कांग्रेसको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।