काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख ३६ हजार २ सय १५ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख ५४ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, स्पेनमा २ लाख २१ हजार ४ सय ४७, इटालीमा २ लाख १५ हजार ८ सय ५८, बेलायतमा २ लाख ७ हजार ९ सय ७७, रसियामा १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ६८ हजार ९ सय ९९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ ७५ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३० हजार ६ सय ८९, इटालीमा २९ हजार ९ सय ५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९ सय ९० जनाको संक्रमणपछि मृत्यु भएको छ।
विश्वभर १२ लाख ७८ हजार ४ सय ४९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ९५ हजार ३६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, जर्मनीमा १ लाख ३९ हजार ९ सय, स्पेनमा १ लाख १२ हजार ५ सय ११ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा भने संक्रमण पुष्टि हुनेको संख्या १ सय १ पुगेको छ। तीमध्ये २२ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।