नयाँदिल्ली-भारतको दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका बेला मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ।
केन्द्रीय राजधानीसमेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडाइँका क्रममा निधन भएका अमित नामका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत पर्वाह नगरी निरन्तर कोरोना विरुद्धको लडाइँमा सक्रिय भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘कामको सिलसिलामा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भयो र दुर्भाग्यवस उहाँले हामीलाई छाडेर जानुभयो। उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चीर शान्तिको कामना गर्दछु।’
मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्षतिपूर्ति दिने पनि उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।