काठमाडाैं- काेराेना भाइरस परीक्षणका लागि संघीय संसदका सदस्यसहित ४४१ जनाको स्वाब संकलन गरिएको छ। संसद भवन नयाँ बानेश्वरमा उनीहरुको स्वाब संकलन गरिएको हो।
स्वाब संकलन गरिएकामा प्रतिनिधिसभाका १७९ सदस्य र राष्ट्रियसभाका ३३ जना रहेका छन्। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व सभामुख सुभास नेम्वाङलगायतका नेताहरु स्वाब दिन बानेश्वर पुगेका थिए।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। त्यसअघि सांसद र त्यहाँ कार्यरत कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
कर्मचारी र मर्यादापालक २२९ जनाको पनि स्वाब संकलन गरिएको छ। बाँकी हरेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण भोलि बिहान ८ बजेदेखि १० बजेसम्म नयाँ बानेश्वरमा गरिने छ।
यसरी परीक्षणपछि काेराेनाकाे नेगेटिभ रिपाेर्ट आएका सांसदहरुलाई मात्र बैठकमा भाग लिन दिइने छ। शुक्रबार स्वाब दिने सांसदहरुको रिपाेर्ट नआएसम्म उनीहरु बैठकमा बस्नबाट बञ्चित हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।