काठमाडौं– भारतमा पछिल्लो समय कोरोना महामारी बढ्दाे क्रममा छ। मे महिनाको सुरुवातदेखि नै भारतमा कोरोना संक्रमितको तथ्यांकमा व्यापक वृद्धि भएको छ।
बिहीबार भारतमा कूल कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ९५ पुगेको छ भने १ हजार ७ सय ८३ काे मृत्यु भएकाे छ।
महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्। मुम्बईमा मात्रै संक्रमितको संख्या १० हजारभन्दा बढी छ।
भारतमा पछिल्ला तीन दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। मे ४ मा ३ हजार ६ सय ५६ संक्रमित फेला परेका थिए भने मे ५ मा २ हजार ९ सय ३४ संक्रमित भेटिएका थिए। त्यस्तै मे ६ मा ३ हजार ५ सय ६१ संक्रमित भेटिएका थिए।
भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ७ बजे जारी गरेको विवरणअनुसार कोरोनाका सक्रिय बिरामी ३५ हजार ९ सय २ रहेका छन्। निको भएर घर जानेको संखया १५ हजार २ सय ६६ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।