काठमाडौं- कोरोना भाइरस (कोभिड- १९) संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयले १४ लाख ५१ हजार ९६७ रुपैयाँ जम्मा गरेका छन्।
मन्त्रालय र मातहतका पाँच निकायका सबै तहका कर्मचारीहरुबाट उक्त रकम जम्मा भएकाे हाे।
हालसम्म विशिष्ट श्रेणी (सचिव) र सहसचिवको ७ दिन, उपसचिव र शाखाअधिकृतको ५ दिन र अन्य कर्मचारीको ३ दिनको तलब काेषमा जम्मा भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।