काठमाडौं–संसद सचिवालयले संसद बैठकको समयमा संसद भवनमा प्रवेश नपाउने वस्तुहरुको नाम सार्वजनिक गरेको छ।
संसद सचिवालयले निषेध गरेका वस्तुहरुमा छाता, लठ्ठी, झोला, ब्रिफकेस, पावरबैंक, इयरफोन, पेनड्राईभ, चार्जर, चावी, डायरी, कलम छन्। साथै हातहतियार, सूर्तिजन्य पदार्थ, चकलेट, चुईगंम, पानीको बोतल, चश्मा, औषधि, धातुजन्य पदार्थ एवं सिक्का पैसासमेत निषेध गरिएको छ।
संसदको बजेट अधिवेशन शुक्रबार देखि सुरु हुँदैछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।