काठमाडौं- भोलिदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ। यसैक्रममा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको पनि स्वाब संकलन गरिएको छ।
संघीय संसदको अधिवेशन सुरु हुनुअघि सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय अनुसार सापकोटाको पनि स्वाब संकलन गरिएको हो। सापकोटाको बानेश्वरस्थित बिआइसीसीको लोत्से हलमा स्वाब संकलन गरिएको हो।
बिहान १० बजेदेखि सुरु गरिएको सांसदहरुको स्वाब संकलन दिउँसो २ बजेसम्म चल्ने छ।
मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।
बैठक स्थलमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ। संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।