काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धले विश्व मानव जातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सक्ने बताएका छन्।
२५६४ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसक अवसरमा शुभकामना दिँदैं प्रचण्डले बुद्धका उपदेशले कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने विश्वास लिएको बताएका छन्।
उनले आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा पनि शुभकामना दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।