• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउन आंशिक खुकुलो, यी हुन् खुल्ने र नखुल्ने क्षेत्र

64x64
नेपाल लाइभ बुधबार, वैशाख २४, २०७७  २१:०२
1140x725

काठमाडौं- सरकारले जारी लकडाउनलाई केही खुकुलो पारेको छ। उच्चस्तरीय समितिको निर्देशनलाई आधार मानेर केही सिमित क्षेत्रमा खुकुलो पारेको हो। अत्यावश्यकीय क्षेत्र, उद्योग र राजमार्गका होटेल ग्यारेजहरुलाई खुल्ला गराउने निर्णय सरकारले गरेको छ। 

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो।

तर मन्त्रीपरिषदले उक्त मोडलमा जादाँ झन् जोखिम बढ्ने भन्दै केही क्षेत्रलाई खुकुलो पारेर पहिलो प्रयास गरेको हो। बढ्दो संक्रमणका कारण धेरै खुल्ला गरेर जान नसकिने तर्क मन्त्रीपरिषदमा उठेको थियो। नेपालगञ्ज र वीरगञ्जमा दोहोरो अंकमा संक्रमित देखिएको र उपत्यकाभित्र पनि मानिसहरु भित्रिरहेको तथ्यलाई ख्याल गर्दै सरकारले हालका लागि केही क्षेत्र खुल्ला गरेको छ। त्यस्तै मानिसको भीड जम्मा गर्ने कार्यलाई भने सरकारले अझै पनि नियन्त्रण गर्ने निर्णय गरेको छ। 

विकास निर्माण र उद्योग सशर्त खुला
मन्त्रीपरिषदको बैठकले लकडाउन जेठ ५ गतेसम्म  लम्ब्याएको छ। तर यो अवधीमा  विकास निर्माणका काम र उद्योगहरु भने सशर्त खुला गर्ने निर्णय गरेको छ।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाईं, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम भने सञ्चालनमा ल्याउने सरकारको निर्णयमा उल्लेख छ। एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी नहुनेगरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय पनि मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यसरी काम गर्दा दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्नेछ उद्योगहरुलाई मन्त्रीपरिषदले नयाँ नियम लागू गरेको छ। श्रमिकलाई कार्यस्थलमा खाना र खाजाको व्यवस्था गर्नुपर्नेछ। स्थान अभाव भएमा सम्बन्धित स्थानीय निकायको समन्वयमा निजी वा सामुदायिक विद्यालय वा सरकारी खाली भवन प्रयोग गर्न पनि भनिएको छ। तर यसरी सञ्चालन हुने स्थान गाउँदेखि टाढा हुनुपर्नेछ। यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्नुपर्ने सरकारको निर्णयमा भनिएको छ।

यस्तै ढुंगा गिट्टी बालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिइने भएको छ। सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्करलगायतको उत्पादन र ढुवानी गर्न दिइनेछ भने नदी नियन्त्रणका कामहरु पनि गर्न दिइने सरकारको निर्णयमा उल्लेख छ। यस्तै जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसल पनि खोल्न पाइनेछ।

सरकारी कर्मचारी आलोपालो र बैंक वित्तीय क्षेत्रमा एक तिहाई कर्मचारी 
सरकारले सरकारी कार्यालय र सार्वजनिक संस्थानका कर्मचारीलाई आलोपालो गरेर र बैंक तथा वित्तीय संस्थामा एक तिहाई कर्मचारी राखेर सेवा संचालन गर्न सकिने निर्णय गरेको छ। 

nimb
nimb

बुधबार बसेको मन्त्रिपरिषदले बैंक तथा बिमा, धितोपत्र, सहकारी संस्थाहरुमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको हो। त्यस्तै सरकारी कार्यालय र सार्वजनिक संस्थानका कर्मचारीलाई भने आलोपालो मिलाई कार्यालय संचालन गरी तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्डहरु पुरा गरेर काम गर्न भनिएको छ। 

ढुवानीमा खुकुलो 
यस्तै ढुवानीमा पनि केही खुकुलो गरिएको छ। अब कृषि उत्पादनसँग सम्बन्धित सामग्री, विद्यालयका पाठ्यपुस्तक, विकास आयोजनाका निर्माण सामग्री सञ्चालन गर्न दिइनेछ। तर उपत्यका प्रवेश गर्ने मालबाहक सवारीले यात्रु बोक्न पाउने छैनन्। हरेक मालबाहक गाडीमा भएका चालक र सहचालकको विवरण उपत्यका प्रवेश गर्दा र फर्किँदा चेकजाँच गरिनेछ। झुटा विवरण दिएमा कारबाही गरिने सरकारका प्रवक्ता खतिवडाले बताए।

ढुवानीका सवारी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र बिक्री गर्नेगरी राजमार्गमा ५० किलोमिटरको दूरीमा होटल खोल्न दिने निर्णय भएको छ।

निर्माणजन्यसहित केही उद्योग सञ्चालन गर्न छुट  
सरकारले  सिमेन्ट ,डण्डीजस्ता निर्माणजन्य उद्योगहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। त्यस्तै चामल ,दाल ,बिस्कुट, चाउचाउ, साबुन, निर्यातजन्य सामग्री उत्पादन गर्ने, औषधी, पानी ,ग्यास उद्योगहरु सञ्चालन गर्न दिइने मन्त्रीपरिषदले निर्णय गरेको छ।

कर्मचारीलाई खाली स्थानमा आवास तथा बासस्थानको व्यवस्था गर्ने र उनीहरुले स्थानीयसँग भेट हुन नदिने व्यवस्था मिलाउने र अनिवार्य सेनिटाइजर र अन्य स्वास्थ्य सुरक्षाको उपाय अबलम्वन गर्नुपर्ने निर्णयमा उल्लेख छ।

त्यसैगरी श्रमिकहरुलाई खाना खुवाउने जिम्मेवारी सम्बन्धित उद्योगले व्यहोर्नुपर्ने निर्णयमा उल्लेख छ। अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो निर्णय भएको बताएका हुन्।

 यी हुन् पूर्ण निषेधित क्षेत्र 
सरकारले लकडाउन अवधि जेठ ५ गतेसम्म बढाएपनि अहिलेको भन्दा केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग धन्दा संचालन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज ढुवानी, विकास निर्माणलाई निरन्तरता, ग्यारेज/सवारी वर्कसप, दुग्ध तथा पशुपन्छी उद्योग, आंशिक रुपमा बैंक तथा वित्तीय संस्था संचालन गर्न पाउने निर्णय गरेको छ। तर लकडाउन अवधिमा निषेध गरिएका क्षेत्रको सूची पनि सरकारले सार्वजनिक गरेको छ। 

विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षेण केन्द्र, गैर खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थल, मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिक स्थलहरु तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्न पाइने छैन। 

त्यस्तै रंगशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन (जिम हल), नृत्य प्रशिक्षण, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लरहरु खोल्न पाइने छैन। राजमार्ग बाहेकका होटल, बार, रेस्टुँराहरु खोल्न पाइने छैन। स्थानीय प्रशासनबाट सवारी पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने छैन। 

१२ वर्षभन्दा मुनिका बालबालिका, असक्त, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा, ज्येष्ठ नागरिक, गर्भवती महिलाले हिँडडुल र घुमघामका गतिविधि गर्न पाइने छैन। आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पाइने छैन। केबलकार र रेलसेवा संचालन गर्न पनि रोकिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह बिहीबार, भदौ ११, २०८३
भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्