काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन)ले कोरोनाबाट अति प्रभावित बनेका युरोपेली देशहरूमा राहत वितरण गर्ने भएको छ। एनआरआएले स्पेन र पोर्चुगलका लागि पाँच-पाँच हजार डलर बराबरको राहत रकम वितरण गर्ने निर्णय गरेको भने इटालीमा चार हजार डलर बराबरको राहत वितरण गर्ने भएको छ। यसैगरी, माल्टा र साइप्रसमा तीन-तीन हजार डलर राहत विवतरण गर्ने निर्णय गरेको एनआरएनएले जानकारी दिएको छ। यी देश कोरोनबाट अति प्रभावित र नेपालीको जनघनत्व बढी भएका देश हुन्।
एनआरएनए युरोपेली क्षेत्रका संयोजक नारायण आर्चायले कोभिड-१९ प्रभावितलाई आवश्यकताका आधारमा दैनिक उपभोग्य वस्तु वितरण गर्न लागेको बताए। एनआरएनए अन्तर्राष्ट्रिय परिषदले कोभिड १९ का कारण पर्न सक्ने प्रभाव मूल्यांकन गरी युरोपेली देशमा राहत कोषको स्थापना गरेको थियो। उक्त राहत कोष समितिको सिफारिसमा राहत उपलब्ध गराउन लागिएको हो।
आचार्यले सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि अपिल समेत गरेका छन्। 'हामी अत्यन्तै असहज र अनिश्चित क्षणमा छौं। हामीमा मानवता जीवन्त राख्ने अभिभारा पनि छ। त्यसकारण राहत कोषका चन्दादाताहरुलाई धन्यवाद दिदै अन्य मनकारीहरुलाई पनि सहयोग गर्न अपिल गर्दछौं,' संयोजक आचार्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।