फाइल तस्वीर
काठमाडौं- सरकारले राजमार्ग र सहायक राजमार्गमा रहेका होटेल र ग्यारेजहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। पचास किलोमिटरको दूरीमा र स्थानीय निकायले तोकेको स्थानमा साथै स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा हुनुपर्ने मन्त्रीपरिषदको निर्णयमा उल्लेख छ।
दैनिक हिँड्ने अत्यावश्यकीय सवारी साधनहरुको मर्मत गर्न उनीहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको प्रवक्ता युवराज खतिवडाले बताए। त्यस्तै यसरी खोलिएका राजमार्गका होटेलहरुले खाना तथा खाजाको प्याक गरेरमात्र दिनुपर्नेछ।
उनीहरुले रोकेर खाना खुवाउने र खाजा खुवाउनेजस्ता कार्य गर्न नपाउने मन्त्रीपरिषदको निर्णयमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।