काठमाडौं– बिहीबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अनिश्चित बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डबीच बैठकमा पेश गरिने प्रतिवेदनका विषयमा मतैक्यता हुन नसकेपछि बैठक अनिश्चित बनेको हो।
राजनीतिक प्रतिवेदनमा पेश गरिने एजेण्डामा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि बैठकको टुंगो नलागेको हो। स्थायी समितिमा पेश गरिने प्रतिवेदनलाई अनुमोदन गर्न बसेको बैठकमै सहमति हुन नसकेपछि दुई अध्यक्ष थप गृहकार्यमा लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक बस्ने/नबस्ने टुंगो पनि दुई अध्यक्षले लगाउने उनले बताए। अध्यादेश र सरकारको कार्यशैली राजनीतिक प्रतिवेदनमा समावेश गर्नुपर्ने प्रचण्डको माग छ भने ओलीले त्यसलाई अस्वीकार गरेको बताइएको छ।
वैशाख ८ मा ल्याइएको अध्यादेशबाट सिर्जित विवाद बढेपछि २० जना स्थायी समिति सदस्यले स्थायी समिति बैठकको माग गरेका थिए। गत शनिबार बसेको बैठकले बिहीबारका लागि मिति तय गरेपनि बैठक हुने/नहुने अनिश्चित बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।