काठमाडौं– सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ १८ (मे ३१) गतेसम्मका लागि बन्द गर्ने भएको छ।
मन्त्रिपरिषदको बुधबारको बैठकले थप १५ दिन हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि जेठ ३ सम्मका लागि उडान रोक्ने निर्णय गरिएको थियो।
कोरोना नियन्त्रणका लागि आन्तरिक तथा बाह्य उडानलाई १५ दिन थपेको कानुनमन्त्री शिवमाया तुङ्म्बाहाम्फेले जानकारी दिइन्। बैठकले वैशाख २५ मा सकिने लकडाउनको समयावधि ११ दिन थपेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।