ढाका- प्रहरीले बंगलादेशको राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ।
ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दिन बंगलादेशमा आबद्ध रहेको बताइएको छ। यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो।
प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करीब २ हजार ६ सय ५९ अमेरिकी डलर बरामद गरेको छ।
ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूहविरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।