काठमाडौं– नेपाली कांग्रेसले कोरोनाले पारेको असरको अध्ययन गर्न १४ सदस्यीय विशेष समिति गठन गरेको छ। कोरोनाले पारेको प्रभावको अध्ययन, विश्लेषण र दृष्टिकोण तय गर्न सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हुन्।
समितिको नेतृत्व पूर्वअर्थमन्त्री डा रामशरण महतले गरेका छन्। पूर्वअर्थमन्त्री, संसदीय दलमा अर्थमन्त्रालय सम्हालेका र योजना आयोगका पूर्वउपाध्यक्षसमेत समितिमा छन्। समितिले तत्कालीन अत्यावश्यक राहत, अल्पकालीन तथा दीर्घकालीन रुपमा बजेटका प्राथमिकताका क्षेत्रबारे दृष्टिकोण प्रस्तुत गर्नेछ।
महतको संयोजकत्वमा रहेको समितिमा पूर्वअर्थमन्त्री महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। समितिमा अन्य नेताहरुमा डा नारायण खड्का, डा मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा छन्।
अर्थविदबाट पृथ्वीराज लिगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल र डा स्वर्णिम वाग्ले छन्। लिगल, शर्मा, पोखेरलेद्वय र वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।