काठमाडौं–सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै १० दिन थप्ने निर्णय गरेको हो ।
मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन लम्ब्याएको हो।
सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।