नयाँ दिल्ली- भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक पुगेको छ। बुधबार बिहानसम्म काेराेनाबाट १,६९४ जनाले ज्यान गुमाएका छन्।
लकडाउनको पहिलो दिनदेखि ५ मेसम्म हेर्दा औसत दिनमा एक हजारका दरले संक्रमित थपिएका छन्। १४,१८३ जना संक्रमित निकाे भएकाे बताइएकाे छ।
भारतमा सबैभन्दा धेरै काेराेनाका बिरामी महाराष्ट्रमा रहेका छन्। महाराष्ट्रमा १४ हजार ५ सय मानिस संक्रमित छन् भने ५८३ जनाले ज्यान गुमाएका छन्।
गुजरात र दिल्लीमा पनि ५ हजारकाे हाराहारीमा काेराेनाका सक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।