कैलाली- कैलाली प्रहरीले एटिएम तोडफोड गरेर चोरी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बझाङ थलारा गाउँपालिका मालुमेला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका- ९ मटैना बस्ने विष्णुबहादुर खड्काका छोरा २२ वर्षीय सुनिल खड्कालाई पक्राउ गरेको हाे।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बजार महेन्द्रनगर रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरी चोरी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे हो।
कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।