काठमाडौं- विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण २ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन होप्किन्स विश्वविद्यालले अद्यावधिक गरेको विवरण अनुसार हालसम्म २ लाख ५१ हजार ५ सय ९५ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको हो। यो नेपाली समयअनुसार मंगलबार दिउँसो २ बजेर १५ मिनेटसम्मको तथ्यांक हो।
विश्वभर कोरोना संक्रमण हुने मानिसको संख्या भने ३५ लाख ८५ हजार ३ सय ५७ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी ११ लाख ८० हजार ६ सय ३४ जना संक्रमित भएका छन्।
कोरोना भाइरस संक्रमण भएपनि उपचार पछि साढे ११ लाख भन्दा बढी मानिस अस्पतालबाट डिस्चार्जसमेत भएका छन्। अमेरिकामा १ लाख ८७ हजार भन्दा बढी मानिस अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।