काठमाडौं- नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सीमा नाका बन्द भएकाले भ्रामक सूचनाको पछि लागेर नेपाल जाने प्रयास नगर्न भारतमा रहेका नेपालीलाई आग्रह गरेको छ।
सोमबार एक सुचना जारी गर्दै दूतावासले भारत आएर बसेका सम्पूर्ण नेपालीलाई धैर्यसाथ बसिदिनका लागि अपिल गरेको हो।
‘आफ्नो परिवारको सुरक्षाको लागि जुनसुकै उद्देश्यले भारत आई यतै रहनुभएका सम्पूर्ण नेपालीहरू जो जहाँ हुनुहुन्छ त्यहीँ धैर्यसाथ बसिनदिनुहुन नेपाली राजदूतावास‚ नयाँ दिल्ली हार्दिक अपिल गर्दछ।’ विज्ञप्तिमा भनिएको छ‚ ‘सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागी नेपाल जाने प्रयास नगर्नुहुन र आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहुन समेत यस राजदूतावास अनुरोध गर्दछ।’
साथै राजदूतावासले यदि भारतमा रहेका नेपालीलाई कुनै समस्या परेको अवस्थामा दूतावासको हटलाइन नम्बरहरू ८९२९६०१९२५‚ ०११-२३४७६२००९ र ०११-२३३२७३६१ मा फोन गर्न आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।