काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुको मर्जर र एक्विजिसनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन्। संसदको अर्थ समिति बैठकमा उपस्थित अधिकारीले वित्तीय सुदृढीकरणका उपायका रुपमा अवलम्बन गरिएको यो नीतिलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
बैठकमा अधिकारीले आगामी आर्थिक वर्षमा बाह्य क्षेत्र स्थायित्वमा जोखिम रहेको बताएका छन्। उनले चालु वर्ष समस्या नभए पनि आगामी वर्ष भने दबाब रहेको उल्लेख गरे।
गभर्रनर अधिकारीले अर्थतन्त्र संकुचन हुने अवस्थालाई ध्यानमा राखी आन्तरिक उत्पादन तथा रोजगारी प्रवर्द्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्ने नीति लिनुपर्ने पनि बताएका छन्। उनले यसका लागि प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा लगानी बढाउने र सहुलियत दिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।