• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
विदेशबाट श्रमिक फर्काउनु जोखिमपूर्ण हुन्छ : डा ओममूर्ति अनिल [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २३, २०७७  ११:३०
1140x725

कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न देशभर लकडाउन छ। अन्तराष्ट्रिय उडानहरु ठप्प छन्। जसले गर्दा रोजगारीका क्रममा विदेशमा रहेका लाखौँ नेपाली स्वदेश फर्किन पाएका छैनन्। रोजगारी गुमेर खान–बस्नसमेत समस्या भएका नेपाली श्रमिक स्वदेश फर्कनका लागि हारगुहार गरिरहेका छन्। अहिले रोजगारीको खोजीमा मात्रै भारतबाहेकका मुलुकहरुमा ५० लाखभन्दा बढी नेपाली छन्।

तीमध्ये १० लाख बढी नेपालीहरु तत्काल स्वदेश फर्किन चाहेको विभिन्न अध्ययनले देखाएको छ। तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थामा २ लाखभन्दा बढी नेपाली रहेको सरकारी अनुमान छ। यस्तो अवस्थामा विदेशबाट नेपालीहरुलाई स्वदेश फर्काउनु कतिको जोखिमपूर्ण हो, उनीहरुलाई कसरी सुरक्षित तरिकाबाट स्वदेश फर्काउन सकिन्छ ? यसै सन्दर्भमा रहेर वैदेशिक रोजगार पत्रकार समाजले मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग गरेको कुराकानीको सम्पादित अंश। 

यतिबेला खाडी र मलेसियामा रहेका नेपालीहरुलाई एकातिर कोरोनाको त्रास छ भने अर्कोतिर खानबस्न समस्या रहेको अवस्था छ। यहाँको विचारमा विदेशमा रहेका नेपालीहरु कत्तिको जोखिमपूर्ण अवस्थामा छन्? 
कोरोनाले स्वास्थ्य समस्यामात्रै निम्त्याएको छैन। यसले सामाजिक, मानसिक, आर्थिक समस्यासँगै अनेक किसिमका समस्या निम्त्याएको छ। अप्ठ्यारो परिस्थितिमा एउटै स्थानमा ठूलो संख्यामा बस्दा उचित वातावरण हुँदैन। म के भन्छु भने कोरोना संक्रमण हुनुभन्दा अगाडिको सामान्य अवस्थामा नै उहाँहरु अत्याधिक जोखिममा रहेर काम गरिराख्नु भएको अवस्था छ। जब कोरोनाको समस्या आयो। यसले त्यो समस्यालाई झन् विकराल रुपमा परिवर्तन गराइदियो। 

काठमाडौंबाट पनि लकडाउन भएपछि बिना कारण लाखौँ मानिसहरु भागे। अझ कोहीकोही त ५ सय किलोमिटरसम्म हिडेरै पुगे। जुन कुनै कोणबाट सुरक्षित र राम्रो उपाय होइन। मानिसलाई जब तनाव हुन्छ, उसमा सोच्ने क्षमता घट्दै जान्छ। तनावमा उसले राम्रो निर्णय लिन पनि सक्दैन। जसले गर्दा उसले गलत कुरा गरिरहेको हुन्छ। 

पछिल्लो समय हेर्नुस्, काठमाडौंमा कोरोना कम रहेको भनेपछि उपत्यका बाहिरबाट मानिसहरु काठमाडौं आइरहेका खबरहरु मिडियामा आइरहेका छन्। कोरोनाले यो ठाउँ, त्यो ठाउँ भनेर छुट्याउँदैन। अहिले हामीले उचित सुरक्षाका उपाय अपनाउने हो। संसारकै उत्तम प्रणाली भएको मुलुकमा पनि जोखिम छ। हामीसँग उत्तम सुविधा नभए पनि हामी अहिलेसम्म राम्रो पोजिसनमा छौँ।

त्यसैले मलाई के लाग्छ भने विदेशमा जति नेपालीहरु बसिराख्नु भएको छ। उहाँहरुले एउटामात्रै के कुरा सोच्नुपर्छ भने, केही कारणले नेपालीहरुको शरीरमा भाइरस संक्रमणको प्रभाव अलि कम छ। त्यो कारण हामीलाई थाहा छैन। विदेशमा ७० लाखभन्दा बढी नेपालीहरु हुनुहुन्छ। संख्यात्मक रुपमा पनि मृत्युदरको अवस्था कस्तो छ। तथ्यांक हेर्नुहोस्।  अरु देशका २० प्रतिशत मानिसहरु अस्पताल भर्ना भएका छन्। नेपालमा बिरामी भएकाहरुको पनि खासै जटिल अवस्था छैन। मृत्युको सम्भावना पनि भारतको तथ्यांकसँग दाँजेर हेर्दा हामीसँग मिल्दोजुल्दो देशमा २ प्रतिशत संक्रमितको मृत्यु भइराखेको अबस्था छ। 

विदेशमा रहेका नेपालीहरु प्रतिकूल अवस्थामा छन्, हामीलाई थाहा छ। तर आत्तिएर निर्णय गर्‍यौं भने हामी जोेखिम पोजिसनमा हुन्छौँ। बरु हामीले के कस्तो सजगता अपनाउन सकिन्छ हामी जहाँ छौँ। जुन देशमा छौँ सजगता अपनाऊँ। जसले गर्दा हामी  कोरोनाबाट हुने जोखिमलाई जित्न सक्छौँ। हामीले धेरै नकारात्मक कुराहरु सुनेर, हेरेर मनलाई तनावग्रस्त बनायौँ भने हामी आफैँलाई कमजोर बनाउँछौँ। त्योचाहिँ गर्नु भएन। 

वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरु सानो कोठामा धेरै जना बस्नु परेको अवस्था छ। त्यसमा पनि कतिपय मुलुकले कोरोना भाइरस पोजिटिभ देखिएको व्यक्तिलाई अस्पताल लैजानुको सट्टा अरुसँगै एउटै कोठामा राखिएको पाइएको छ। यस्तो अवस्थामा कोरोना जोखिमबाट कसरी बँच्न सकिन्छ? 
यसमा के छ भने संक्रमितको जति नजिक हामी बस्यौँ त्यति जोखिमचाहिँ छ। दोस्रो कुरा कोठामा झ्याल–ढोकाहरु राम्रो छैन। त्यो पनि जोखिम हो। हाम्रो कोठामा सूर्यको प्रकाश राम्रोसँग आउँदैन भने त्यो अर्को जोखिम हो। 

Ncell 2
Ncell 2

हामी एउटै कोठामा धेरै जना बस्छौँ। एउटै ट्वाइलेट–बाथरुम वा सामान धेरै जनाले प्रयोग गर्नुपरेको अवस्था छ भने त्यो जोखिमपूर्ण अवस्था हो। यस्तो बेलामा हात पटक–पटक धुने, मास्क लगाउने विधि निकै प्रभावकारी हो। संक्रमित व्यक्ति एउटै कोठामा छ भने त्यो व्यक्तिले हाँच्छ्यूँ गर्दा, खोक्दा, मुख राम्रोसँग छोपेर राख्नुपर्छ। र, संक्रमित व्यक्तिले प्रयोग गर्ने सामग्रीहरुबाट पनि कोरोना सर्ने हुँदा त्यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

कोठामा बस्दा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। संक्रमण भएको व्यक्तिले प्रयोग गरेका सामग्री प्रयोग गर्नै पर्ने अवस्थाका छन् भने विशेष सावधानीका साथ तातो पानीले सफा गर्नुपर्छ। संक्रमितसँग प्रत्यक्ष बसेर कुरा गर्न सकिँदैन। त्यसो गर्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ। जसले गर्दा मास्क प्रयोग गरेर वा टाढैबाट कुरा गर्ने गर्नुपर्दछ। यस्ता कुराहरु सुन्नमा साना लाग्छन् तर यी तरिकाहरु नै सबैभन्दा महत्वपूर्ण छन्। 

हामीले के बुझ्नुपर्‍यो भने पहिला हामीलाई जुन रुघाखोकी हुन्थ्यो यो रोग पनि त्यही रुघाखोकीजस्तो हो। घरमा एकजनालाई रुघाखोकी लाग्यो भने अरुलाई पनि सथ्र्यो। यहाँ के छ भने रुघाखोकीले त ज्यान लिन्थेन। यसले सयमा एकदुई जनालाई  अप्ठ्यारो पार्न सक्ने भएको हुनाले हामी सचेत हुन जरुरी छ। 

थाइल्यान्डमा एउटा घटना पनि छ। एक कोरोना संक्रमित व्यक्ति परिवारका धेरै सदस्यहरुसँगै थिए। १०/१२ दिनसँगै बसेपछि उनलाई कोरोना भएको पुष्टि भयो। तर परिवारका कसैलाई पनि कोरोना भेटिएन। उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई पनि कोरोना देखिएन। त्यसैले रुम सेयर गर्नेबित्तिकै कोरोना भइहाल्छ भनेर आत्तिनु पनि हुँदैन। 

shivam cement

shivam cement

अहिले एकातिर कोरोना लागिहाल्छ कि भन्ने त्रास छ। सँगै परिवारसँग टाढा रहेकाले मानसिक रुपमा पनि मानिसहरुमा विचलन आउन थालेको अवस्था छ। विदेशमा भएकाहरुले आफूलाई मानसिक रुपमा स्वस्थ कसरी राख्ने ? 
तपाईं घरको मानिस वा आफन्तसँग बेलाबेलामा कुराकानी गरिरहनुस्। नेपालमा रहेका परिवार, आफन्तहरुले पनि सकारात्मक कुरा गरिदिनु पर्‍यो। नकारात्मक कुराहरु यस्तो भयो, त्यस्तो भयो, चाँडै घर आइदिए हुन्थ्यो भन्दा पनि ‘सपोर्टिभ’ कुराहरु गर्नुपर्‍यो। गुड न्यूज सेयर गर्नुपर्‍यो। 

दोस्रो कुरा घरमा बस्दा पनि सक्रिय रहनुपर्छ। हरेक समय मोबाइल, टेलिभिजन वा कम्प्युटरमा व्यस्त भइयो भने पनि यसले हाम्रो शरीरलाई  असुरक्षित बनाउँछ। किनभने हाम्रो शरीर एक ठाउँमा बस्नका लागि बनाइएको होइन। हामीले सकेसम्म मिल्छ भने घरबाट बाहिर निस्किएर एक–दुई घण्टा हिड्नुपर्छ। जति समय तपाईँ हावा भएको खुल्ला ठाउँमा बस्नुहुन्छ, त्यति बढी सुरक्षित हुनुहुन्छ। यसले एन्जाइटी स्ट्रेस पनि घटाउँछ।

अर्को कुरा अध्यात्मसँग जोडिन्छ। जिन्दगीमा खराब समयपछि राम्रो समय पनि आउँछ। यो कुरामा कन्फिडेन्ट्स् पनि हामीले राख्नुपर्छ। कोरोना संक्रमणको महामारी रुप बिस्तारै घट्ने क्रममा छ। यो बिस्तारै हराउने निश्चित छ। यसको कारणले अनावश्यक रुपमा आत्तिएर अन्य विभिन्न रोग निम्त्याउनु पनि हुँदैन। आफूले आफैँलाई बुझाउनु पर्‍यो।

र, यहाँ जो साथीहरु नजिकमा हुनुहुन्छ उहाँहरुसँग नियमित सम्पर्कमा रहेर एकअर्कालाई ढाढस दिने कुराकानी गरिरहनु राम्रो हुन्छ। यो बढी व्यवहारिक कुरा हो। कोरोनाले हामीलाई हरेक कोणबाट असर पारेको छ, जसले गर्दा तपाईँलाई कुनै अप्ठ्यारो परेको छ भने सहयोग लिनुस्। आफ्नो मनोबललाई आफैँले बलियो बनाउने हो।

अहिले आत्तिएर हुने समस्या भनेको एन्जाइटी हो। मुटु ढुकढुक हुने, श्वास फेर्न समस्या हुने, छाती दुख्ने आदि लक्षणहरु तपाईँलाई भइरहेका छन् भने बुझ्नुस् यो एन्जाइटीसँग सम्बन्धित लक्षण हो। खासै ठूलो समस्या होइन। सकारात्मक सोचका साथ अघि बढ्यो भने कोरोनाले हामीलाई खासै असर गर्दैन। कोरोना भए पनि हामी लड्न सक्छौँ। 

विदेशमा नेपाली श्रमिकहरुमा स्वाँस्वाँ हुने, शरीर दुख्नेजस्ता समस्या देखिएका गुनासा बढेका छन्। यस्तो लक्षण देखिएमा कोरोना हुन सक्छ? 
कोरोनाको प्रमुख लक्षण भनेको खोकी लाग्ने, त्यसपछि ज्वरो, खोकी र ज्वरो दुवै छ भने कोरोनाको सम्भावना एकदम धेरै रहन्छ। र, जब यो रोगले खोकी र ज्वरो लागेको व्यक्तिलाई गाह्रो बनाउँदै लैजान्छ, तब स्वाँस्वाँ हुन्छ। स्वाँस्वाँ के हो भने मुटुको पनि लक्षण हो। रगतको कमि भयो भने पनि यस्तो हुन सक्छ। मोटो मान्छेलाई पनि हुन्छ। एन्जाइटी भए पनि यस्तो हुन्छ।

आजको दिनमा कसैलाई रुघा, खोकी र ज्वरो आयो भने छाती दुख्यो भने कोरोना नै भनेर शंका गर्छन्। शंका गर्नु पनि सामान्य कुरा हो।  किनकि अहिले परिस्थिति नै त्यस्तै छ। तपाईंलाई हप्ता–दश दिनदेखि निरन्तर खोकी छ कि छैन। तपाईंलाई ज्वरो आएको छ कि छैन। तपाईंको मांशपेसी अथवा शरीर दुख्ने यी सबै लक्षणहरु हुनुप¥यो। स्वाँस्वाँ हुनुमात्रै कोरोनाको लक्षणचाहिँ हुँदैन भन्ने स्पष्ट हुन जरुरी छ। आजको दिनमा विदेशमा कसैलाई श्वास फेर्न समस्या छ भने ९९ प्रतिशत एन्जाइटीको समस्या हो। कि, फोक्सोको कारणले त्यस्तो भएको हो भने घ्यार घ्यार हुनुपर्‍यो, खकार आउनुपर्‍यो, ज्वरो आउनुपर्‍यो, खोकी लाग्नुपर्‍यो।

मनोविज्ञानका कारण पनि कतिपयलाई स्वाँस्वाँ हुन सक्छ। तपाईं धेरै लामो समयसम्म घरमै बसिरहनु भएको छ भने पनि कोखो दुख्ने, छाती दुख्ने सामान्य लक्षण हामी देख्न सक्छौँ। तर प्रमुख लक्षण उच्च ज्वरोसँगै खोकी लाग्नु हो। खोकी, ज्वरो आएको हप्ता–दश दिनपछि मात्रै त्यो व्यक्तिलाई स्वाँस्वाँ आउन सक्छ।

पछिल्लो समय प्राय फिजिकल सिन्ड्रोम्सहरु आइरहेका छन्। यो डरको कारणले हो। कोरोना एन्जाइटीको कारणले हो। जो एक्लो छ, जो धेरै मोबाइलमा नकारात्मक समाचारहरु हेर्छ, जसले नकारात्मक सोच बनाउँछ, जो घरबाट टाढा छ, जसलाई अरुले नकारात्मक समाचारहरु बढी सुनाउँछ, त्यस्ता व्यक्तिलाई यस्तो भइरहेको छ। यसो हुँदा स्वाभाविक रुपमा डर लाग्ने हुन्छ।  

यदि कसैलाई एन्जाइटीको कारणले स्वाँस्वाँ भएको छ भने बाहिर हिड्नुस्, तपाईंको समस्या बढ्दैन। सजिलो महसुस हुन्छ। यदि कोरोनाको कारणले फोक्सोमा समस्या भएर स्वाँस्वाँ भयो भने त्यो मान्छे हिड्न सक्दैन। हिड्यो भने उसलाई गाह्रो हुन्छ। उकालो वा भर्‍याङ चढ्न पनि सक्दैन। यदि तपाईं सबै काम गरिरहनु भएको छ, तर बसेको बेलामा स्वाँस्वाँ हुन्छ भने यो कोरोनाको लक्षण होइन तपाईं ढुक्क भएर बस्न सक्नुहुन्छ।

त्यसो भए आफू स्वस्थ छु भन्ने मनोबल आफूमा जुटाउनु पर्‍यो होइन ? 
हो। हो 

त्यसो हो भने अहिलेको अवस्थामा विदेशमा बस्दाको दैनिकी कस्तो बनाउँदा उपयुक्त होला? 
अहिले तपाईँ दिनभरि घरमै बसिरहनु भएको छ भने तपाईं आफूले गर्ने क्रियाकलाप र समयको भाग लगाउनुस्। मोबाइल दिनमा एक घण्टामात्रै चलाउने, मुभि हेर्ने, एक/डेढ घण्टा ध्यान गर्ने, जसरी हुन्छ एन्जाइटी घटाउनका लागि अरु कुरामा डाइभर्ट हुन सिक्नुपर्‍यो। तपाईंको दिमाग चौबिसै घण्टा कोरोनामै भयो भने मलाई कुन बेला हुन्छ, कोरोनाले म मर्ने हो कि भन्नेजस्ता सोच आउन सक्छन्। यस्तो सोच्नुभयो भने पनि समस्या आउन सक्छ। हामीसँग अहिले प्रविधि, मोबाइल, इन्टरनेट सुविधा छ, त्यतातिर हामीले आफूलाई डाइभर्ट गर्न सक्छौँ। केही छैन भने साथीभाइहरुसँग गफ गर्न सक्छौँ।

हामीले के याद गर्नुपर्‍यो भने हामी बस्दा नजिकै कोही कोरोना संक्रमित व्यक्ति छ भने सुरुको पहिलो हप्तामा संक्रमित व्यक्तिबाट कोरोना सर्ने सम्भावना बढी हुन्छ। त्यसपछि कोरोना सर्ने सम्भावना क्रमशः घट्दै जान्छ र दुई हप्तामा सर्ने सम्भावना एकदमै न्यून भइहाल्छ। त्यसैले तपाईले सुरुकै हप्तामा विशेष निगरानी राख्नुपर्दछ।

विदेशमा रहेका लाखौँ नेपालीहरु स्वदेश फर्किन चाहिरहनुभएकोे छ, यो परिस्थितिमा उहाँहरुलाई कसरी सुरक्षित रुपमा फर्काउन सकिन्छ ? 
कोरोनाको महामारी जबसम्म साम्य हुँदैन, तबसम्म घरबाट निस्किनु, यात्रा गर्नु आफैँमा जोखिम हो। तपाईं स्वदेश फर्किनका लागि सरकारले स्वास्थ्य परीक्षणको रिपोर्ट माग्ला। तपाईंको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्‍यो। परीक्षणका लागि तपाईं अस्पताल जानुपर्‍यो। अस्पताल जाँदा पनि तपाईं जोखिममा पर्नुहुन्छ। तपाईंलाई कोरोना छैन भने पनि त्यहाँ संक्रमितको सम्पर्कमा आएर कोरोना हुन सक्छ। त्यसपछि तपाईँ विमानस्थल आउनुपर्‍यो। विमानस्थल आउँदा प्लेनमा बस्नुपर्‍यो। यो विभिन्न प्रकृयाले एउटा स्वस्थ मान्छेलाई पनि कोरोना संक्रमण हुने सम्भावना यात्राको समयमा एकदमै धेरै छ। 

कोरोना परीक्षण गर्दा पहिलो पटक रिपोर्टमा नेगेटिभ देखायो भने पनि तपाईंलाई कोरोना नभएको भनेर ढुक्क बन्ने अवस्था रहँदैन। १५ दिनपछि पनि तपाईंमा कोरोना देखिन सक्छ। तपाईंसँगै यात्रा गर्ने अन्यलाई पनि कोरोना संक्रमण फैलिन्छ। जसले गर्दा देशमा पुनः भयावह अवस्था आउन सक्छ। तपाईं अत्यन्तै अप्ठ्यारो परिस्थितिमा हुनुहुन्न भने बसिरहेको ठाउँ छाडेर स्वदेश फर्किने कुरा दिमागबाट निकाल्नुस्। सबै कुरा सामान्य भएपछि यात्रा गर्ने सोच बनाउनुस्। तपाईंलाई खाने, बस्ने समस्या छैन भने यात्राको कुरा सोच्दै-सोच्नुहुन्न।

यदि सरकारले योजना बनाएर, पूर्वतयारीका साथ  एउटै व्यक्तिलाई पटक–पटक परीक्षण गराएर नेपालमा ल्याएर कम्तिमा ३ हप्ता क्वारेन्टाइनमा राखेर घर पठाउने हो भने त्योचाहिँ सुरक्षित रहला। नत्र यहाँ आएपछि घर परिवारको मान्छेलाई सार्न सक्छौँ किनभने सम्बन्धित देशले यो व्यक्तिलाई कोरोना छ, यसलाई  छैन भनेर नभन्न सक्छ। वरिपरीका मान्छेलाई लक्षण नदेखिएको अवस्थामा पनि कोरोना संक्रमण भएको हुने र उसले अरुलाई सार्न सक्ने भएकाले पनि एकदमै अप्ठ्यारो परिस्थितिबाहेक यात्रा गर्न नसोच्नु होला।

अहिले घरमा पनि जोखिम नभएको अवस्था छैन। गाउँघर सबैतिर जोखिम उत्तिकै हुन सक्छ। अरु देशमा पनि हेर्नुस्, एकदमै जोखिम हुनसक्छ भनेर ६ महिनासम्मका लागि अन्तर्राष्ट्रिय उडान रोकिसके। त्यसैले विदेशमा जति पनि साथीहरु हुनुहुन्छ, तपाईंहरु अनावश्यक डर, त्रासले घर जाने नसोचौँ। त्यो झनै असुरक्षित बाटो हुन सक्छ। मानौँ एकछिनका लागि ५० हजार नेपालीहरु मलेसियाबाट फर्किन चाहनु भएको छ र सरकारले पनि फर्काउने तयारी गरेको छ भने सरकारले सबैको पीसीआर परीक्षण गर्न सक्छ ?

अहिले दुई महिनामा त १४  हजारको मात्रै पीसीआर परीक्षण गर्न सकेको छ भने त्यो ५० हजारलाई गर्न सक्छ त? क्वारेन्टाइनमा कसरी राख्न सक्ला? यस्तो अवस्थामा सरकारले न त पीसीआर परीक्षण गर्न सक्छ न क्वारेन्टाइनमा राख्न नै। सरकारले घर जाउ सेल्फ क्वारेन्टाइनमा बस भन्न सक्छ अनि त्यसपछि हामी आफ्नै घर परिवारका मान्छेलाई कोरोना सार्छौँ। तर विशेष परिस्थितिमा खाने बस्ने नै समस्या भएकाहरुका लागि सरकारले केही व्यवस्था गर्न सक्छ। 

खान–बस्न समस्या भएर स्वदेश फर्किने व्यक्तिहरु कसरी सुरक्षित भएर फर्किन सक्छन् ? के कुरामा विशेष ध्यान दिनुपर्ला? 
अहिले त मलाई लाग्छ, सरकारको अनुमतिबिना कुनै पनि नेपाली नागरिक नेपाल आउँदैनन्। सरकारले कसरी अनुमति दिन्छ? ल्याएपछि यहाँ क्वारेन्टाइनमा कम्तिमा ३ हप्ता राख्नुपर्छ। ३ हप्ता बसेर गएपछि घरमा पनि अर्को एक/दुई हप्ता विशेष सतर्कताका साथ बस्नुपर्छ। किनभने नेपालमै ४० दिनपछि लक्षण नभएका व्यक्तिमा कोरोना देखिइराखेको छ।

भन्नाले दुई हप्ता क्वारेन्टाइनमा बसेको व्यक्तिलाई अब कोरोना छैन ढुक्क हुनुस् भन्न सक्ने अवस्था छैन। जो फर्किनु हुन्छ उहाँहरुले सावधानी अपनाउनै पर्छ। घरपरिवार र अरु व्यक्तिबाट दुरी कायम गरेर ३ देखि ४ हप्ता क्वारेन्टाइनमा बस्नैपर्छ। नेपाल आएर पनि एक–दुई हप्तापछि पीसीआर परीक्षण गर्नुपर्दछ। यो परीक्षणपछि हामी ढुक्क हुन सक्छौँ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  ११:३०
  • #corona
  • #nepalilabour

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगाय... बिहीबार, फागुन २२, २०८१
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका... मंगलबार, फागुन १३, २०८१
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ। भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर... सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्