लण्डन-बेलायतमा कोरोनाबाट थप एक नेपालीकाे मृत्यु भएकाे छ। साेमबार पर्वत चारभञ्याङमा जन्मिएका नारायण कोन्मे गुरूङको निधन भएको हाे। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।
केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए।
गुरुङ कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए। पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए।उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए। स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए।
उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटनमा बस्छन्। गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।