काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ७८ हजार ३ सय १ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख १८ हजार ११, इटालीमा २ लाख ११ हजार ९ सय ३८, बेलायतमा १ लाख ९१ हजार ८ सय ३२, फ्रान्समा १ लाख ६९ हजार ८ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ५१ हजार ५९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ झन्डै ६९ हजारको मृत्यु भइसकेको छ।
त्यस्तै, इटालीमा मृत्यु हुनेको संख्या २९ हजार ७९, बेलायतमा २८ हजार ७ सय ३४, स्पेनमा २५ हजार ४ सय २८, फ्रान्समा २५ हजार १ सय ६८ जनाको मृत्यु भइसकेको छ।
विश्वभर ११ लाख ६२ हजार २ सय ७९ संक्रमणमुक्त भएका छन्। त्यस्तो संख्या अमेरिकामा १ लाख ८७ हजार १ सय ८०, जर्मनीमा १ लाख ३२ हजार ७ सय, स्पेनमा १ लाख २१ हजार ३ सय ४३ , इटालीमा ८२ हजार ८ सय ७९ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।