• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हामी मिलेर आर्थिक संकटसँग लड्नेछाैं : केपी शर्मा ओली

64x64
नेपाल लाइभ सोमबार, वैशाख २२, २०७७  २१:५१
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनलाई सम्बोधन गर्दै कोरोना भाइरसपछिको आर्थिक मन्दीमा साथ साथ मिलेर सामना गर्न आग्रह गरेका छन्।

१२० राष्ट्र सहभागी भएको यो सम्मेलन कोरोनाका कारण अनलाइन गरिएको थियो। नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संभावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुनर्स्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरुले सहकार्य र वकालत गर्नुपर्ने बताए।

‘विश्वव्यापीरुपमा यसका प्रभावहरु पहिले नै विशाल छन् र विशेषतः अतिकम विकसित राष्ट्रहरु, भूपरिवेष्ठित राष्ट्रहरु तथा साना विकासोन्मुख टापु राष्ट्रहरुमा यसका प्रभाव असीमित छन्‚’ उनले सम्बोधनका क्रममा भने।

यस्तो छ पुर्ण सम्बोधन:
विषयः कोभिड-१९ विरूद्ध एकता

अजरवैजानका राष्ट्रपति तथा असंलग्न आन्दोलनका अध्यक्ष महामहिम इल्हम अलियेभ,
महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरु,
विशिष्ट सहभागीहरु।

सर्वप्रथम समयमै हामी सबैलाई एकै ठाउँमा ल्याउन गर्नुभएको यो पहलका लागि राष्ट्रपति महामहिम श्री इल्हम अलियेभलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु।
यहाँले कोभिड-१९ विरुद्धको हाम्रो सामूहिक लडाइका लागि सम्पर्क समूह स्थापना गर्न पुर्‍याउनु भएको पहललाई नेपालले स्वागत गर्दछ।
यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ। साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ। अहिले मानवता जोखिममा छ।

झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको छ। हाम्रा स्वास्थ्य सुविधाहरुमा थामिनसक्नु बोझ बढेको छ। भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको छ र हाम्रो निरीहता उदाङ्गो तुल्याएको छ।
विश्व व्यापार र भ्रमणका कडीहरु टुटेका छन्। व्यवसायहरु धरासायी भएका छन्। रोजगारी गुमेका छन्। शैक्षिक प्रणाली भत्केका छन् र लाखौं मानिसहरु गरिबीमा धकेलिँदै छन्, जसले गर्दा दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठीन बन्दैछ। अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौं।
यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन। यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो।
आर्थिक क्षतिको पुनर्स्थापन गर्न सकिन्छ। प्रविधि नयाँ आविष्कार गर्न सकिन्छ। समृद्ध समाज निर्माण गर्न पनि सकिन्छ। तर खेर गएको अमूल्य मानव जीवनलाई हामी पुनर्प्राप्ति गर्न सक्दैनौं, जुन मानव पूँजी, प्रतिभा, दक्षता र विचारको पनि क्षति हो। तसर्थ, सबै कुराभन्दा पहिले मानव जीवन रक्षा गर्नुपर्छ।
मानवता जोगिनुपर्छ, भाइरस होइन। त्यसका लागि स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।

यसलाई विचार गरेर, नेपालमा हामीले आफ्नो क्षमताभित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोतहरु यो भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको छौं। हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ। हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतीपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौं।

nimb
nimb

हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नति गरेका छौं, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौं र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौं। क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौं। हामीले परीक्षण, सम्पर्क अनुगमन , क्वारेन्टाइन र सामाजिक रूपमा अलग्गै रहने उपक्रमहरुको सामञ्जस्यपूर्ण प्रयोग गरेको छौं। साथसाथै, राष्ट्रव्यापी लकडाउन, अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौं।

मलाई यो कुरा राख्न पाउँदा खुशी लागेको छ कि नेपालमा आजसम्म कोभिड-१९ का कारण कसैको पनि मृत्यु भएको छैन। यद्यपि, हामीले भोग्नु परिरहेको अभूतपूर्व आर्थिक कठिनाईलाई मैले औल्याउनु नै पर्छ। पूरै अर्थतन्त्र ठप्प रहेको छ। स्पष्ट छ, साना उद्यम, किसान तथा दैनिक ज्याला कमाउनेहरुलाई सबैभन्दा बढी असर परेको छ। विप्रेषण र राजस्वका स्रोतहरु घटेका छन्। पर्यटन क्षेत्र धराशायी भएको छ। विकासको गतिका साथसाथै जनताको जिविकोपार्जनका स्रोतहरु पनि प्रभावित हुनेछन्।

हामी यी चुनौतिहरु सामना गर्न प्रतिबद्ध हुँदै गर्दा हामीलाई लाग्दछ कि यो स्तरको महामारी सामना गर्न एक मजबूत विश्वव्यापी सम्बोधनको खाँचो पर्दछ। राष्ट्रिय प्रयासहरुमा अन्तर्राष्ट्रिय सहयोगका उपायहरु परिपूरकका रुपमा रहनुपर्दछ। यसैमा संयुक्त राष्ट्र संघ तथा यसका विशिष्टकृत निकायहरुको अपरिहार्य भूमिकाको आवश्यकता पर्दछ। महामारीविरुद्धको सहयोग, सहकार्य तथा विश्वव्यापी प्रतिक्रियाका लागि यी निकायहरुलाई समर्थन गरी मजबूत तुल्याउनुपर्छ।

मानव इतिहासको यस कठीन घडीमा विश्वलाई एकताबद्ध गर्न १२० मुलुकहरुको शक्ति समूहका रुपमा रहेको असंलग्न आन्दोलनले आफ्नो गणितीय तथा नैतिक शक्तिलाई प्रयोग गर्नुपर्छ। यदि विश्व एकजुट भए हामी यो लडाई जित्नेछौं । यदि विश्व विभाजित भए भाइरसले हामीलाई पराजित गर्नेछ। भाइरसलाई पराजित गर्नु बाहेक हामीसँग अरू कुनै विकल्प छैन।

यस सन्दर्भमा, म निम्न बुँदाहरु प्रकाश पार्न चाहन्छुः
पहिलो र सबैभन्दा महत्वपूर्ण भनेको यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुपर्छ र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्‍याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्छ।

दोस्रो, असंलग्न आन्दोलनले सदस्य मुलुकहरुका सहयोगी कार्यहरुमा समन्वय गर्नुपर्दछ र विश्वव्यापी ऐक्यबद्धताको भावनाअनुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्नुपर्छ। यस सम्बन्धमा असंलग्न्न राष्ट्रहरुका आवश्यकताहरु समावेश गरी तथ्थांङ्कीय आधार निर्माण गर्न असंलग्न्न राष्ट्रहरुको टास्क फोर्स (कार्यटोली) गठनको नेपालले स्वागत गर्दछ।

तेस्रो, विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निभाउनुपर्छ। विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधीजन्य सामग्री तथा उपकरणहरुको आदानप्रदानको माध्यमबाट दक्षिण-दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्छ।

चौथो, संभावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुनर्स्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरुले सहकार्य र वकालत गर्नुपर्छ। विश्वव्यापीरुपमा यसका प्रभावहरु पहिले नै विशाल छन् र विशेषतः अतिकम विकसित राष्ट्रहरु, भूपरिवेष्ठित राष्ट्रहरु तथा साना विकासोन्मुख टापु राष्ट्रहरुमा यसका प्रभाव असीमित छन्। यो संकटले विकासोन्मुख राष्ट्रहरुप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्नुहुँदैन।

पाँचौं, असंलग्न राष्ट्रहरुले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा प्रबर्द्धन गर्नुपर्छ। कोभिड-१९ ले प्रस्तुत गरेका चुनौतिहरुको समाधानार्थ उपायहरु पहिल्याउन र सहकार्यलाई प्रर्बद्धन गर्न ‘भिडियो कन्फरेन्स’ मार्फत गरिएको सार्क राष्ट्रहरुको शिखर सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेताहरु एकजुट भएका थिए।

छैठौं, गरिबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइमा सिंगो मानव समुदाय एकै स्थानमा उभिनुपर्छ। विद्रोह तथा लडाइँहरुमा संलग्न हुने यो समय होइन। यसर्थ, संयुक्त राष्ट्र संघका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्दछ।

अन्त्यमा, यस महामारीले आर्थिक प्रणालीमा रहेका अपूर्णता तथा कमजोरीहरुलाई उजागर गरेको छ। आधारभूत सामाजिक सुरक्षा, स्वस्थ्य सेवा तथा शिक्षाको प्रणाली निर्माण गर्न र तिनलाई टिकाइराख्न हामीले राष्ट्रिय आर्थिक व्यवस्था र स्रोतहरुलाई पुननिर्देशित गर्नुपर्छ। यस प्रकारको संकटको सामना गर्न जनमुखी नीतिहरु प्रभावकारी हुनेछन्।

अध्यक्ष महोदय, आफ्नो भनाइको अन्त्य गर्नुअघि, कोरोनाका कारण जीवन गुमाउनेहरुका मुलुक तथा परिवारजनमा गहिरो समवेदना व्यक्ति गर्न चाहन्छु। साथै, उपचारत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

एकसाथ हामी पूर्वावस्थामा फर्कनेछौं र अझ राम्ररी फर्कनेछौं।
यहाँहरु सबैको ध्यानाकर्षणप्रति धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित विदुरतर्फ लागे प्रधानमन्त्री बालेन, क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्