काठमाडौं– शिक्षा मन्त्रालयले अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क असुल नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। निजी तथा सामुदायिक सबै विद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना तथा पठनपाठनमसेत संचालन नगर्न सूचित गरेको छ।
सोमबारको मन्त्रिस्तरीय निर्णयअनुसार विद्यालयहरुलाई नयाँ भर्ना नलिन निर्देशन दिइएको हो।
एसईई र कक्षा ११ र १२ का परीक्षा कोरोना भाइरसको संक्रमण हेरेर तथा वस्तुस्थितिको सुक्ष्म अध्ययन गरी परीक्षा सञ्चालन गरिने मन्त्रालयले स्पष्ट पारेको छ। परीक्षा मितिका सन्दर्भमा कुनै निर्णय नभएको जानकारी गराइएको छ।
नीजि विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको आवासीयबाहेक अन्य सबै शुल्क छुट दिन निर्देशन दिइएको छ। छुट गरेको जानकारी अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।