काठमाडौं- आइतबार एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँकेको नेपालगन्जमा भोलि (मंगलबार)देखि कर्फ्यू लगाइने भएको छ। मंगलबार बिहान ११ बजेदेखि २५ गते रातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिइन्।
उनका अनुसार मंगलबार बिहान ७ बजेदेखि ११ बजेसम्म किनेमेलका लागि खुला गरिने र ११ बजेदेखि २५ गते रातीसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो।
कर्फ्यूको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न पाइने छैन। बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।