काठमाडौं- कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठक प्रदशका मुख्यमन्त्रीको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ।
बैठकले छिमेकी प्रदेशमा देखिएको कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्दै कर्णाली प्रदेशका सबै सीमा नाकाहरू ७ दिनका लागि पूर्णरुपमा बन्द गर्ने र प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।