काठमाडाैं- कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई खुकुलो बनाउने विषयमा मोडल तयार पार्न छलफल सुरु गरेको छ। आज बसेको समितिकाे बैठकले छलफल गरेको र भोलि मस्यौदा सार्वजनिक हुने बैठकपछि जानकारी दिइएको छ।
तराईका क्षेत्रमा कोराना भाइरसकाे संक्रमण थपिँदै गएकाले रणनीति बनाउनु परेको समितिले जनाएकाे छ। लकडाउनलाई सहज पार्ने र नियन्त्रणका सम्बन्धमा के गर्ने भन्ने विषयमा बैठकमा समीक्षा भएको समितिकाे सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।
अहिलेसम्म सरकारको योजना सही दिशामा रहेको ठहर बैठकले गरेको छ। सबै तहबाट अझै तथ्यांक लिने र यसै क्रममा कसरी जाने भन्ने क्रममा भोलि पनि छलफल हुने उनले बताए।
भोलि एउटा स्वरुप ल्याउने र सरकार समक्ष पेश हुने छ। त्यसमाथि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।