काठमाडौं–काठमाडौं जेसिजले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छ।
जेसिजको टोलीले काठमाडौंको रातोपुल, कालोपुल, बसुन्धरा तथा कोटेश्वर क्षेत्रमा बसोबास गर्ने मजदुरका १५ परिवारलाई खाद्यान्न वितरण गरेको हो। त्यसअनुसार चामल, दाल, चिउरा, नुन, तेललगायतका सामग्री मजदुरहरु बसेकै स्थानमा गएर वितरण गरिएको थियो।
टोलीमा काठमाडौं जेसिजका अध्यक्ष मुकुन्द दाहाल, कानुनी सल्लाहकार कैलाश श्रेष्ठ, सल्लाहकार सिनेटर ज्योति थापालगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।