• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक खेलाडीको पर्खाइ : दुई सय रुपैयाँ र त्यो सपना

64x64
सराेज तामाङ सोमबार, वैशाख २२, २०७७  १६:२७
1140x725

काठमाडौं- सपना देख्नु जति सहज हुनसक्छ पूरा गर्नु उति नै कठीन। देखिएका सपना पूरा भएमा आउने रंगीन समयमा जति रमाइलो हुन्छ सपना पूरा भएनन् भने त्यो भन्दा अति दुःखद समय आइदिन्छ। त्यसैले त सपनाकै दौडमा बित्छ धेरैको जीवन। 

नेपाली क्रिकेटर अविनाश बोहरा त्यस्तै सपना देखेका खेलाडी हुन्। जसलाई पूरा गरिरहेका छन्। फेरिएको सपनामा अगाडि बढिरहेका छन्। अविनाश नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन्। युवा खेलाडी अविनाशको प्रदर्शन नियाल्नेलाई थाहा छ उनी गजव छन्। 

तीब्र गतिका बलर अविनाश भारतको सिम्लामा जन्मिएका हुन्। उनका बाबा सानै छँदा कामको शिलशिलामा भारत पुगेका थिए। आमा रामकली र बाबु श्यामलालका तेस्रो सन्तानको रुपमा जन्मिएका अविनाश बाबुको ठीक विपरित भए। सानैमा बाबु भविष्य खोज्दै भारत पुगे। अविनाश त्यही भारतबाट भविष्य खोज्दै नेपाल।

लक्ष्य त्यही, उद्देश्य त्यही, बाटो फरक। पेशा फरक। अविनाश यो उचाइमा विराजमान रहन उनले थुप्रै त्यस्ता मोडहरु काटे जुन जीवनकै नमिठो क्षणहरु थिए। अहिले सम्झँदा रोमाञ्चक। 

आर्मी बन्न आउँदा क्रिकेटर बने
अविनाश १९ वर्षको हुँदा नेपाल आएका हुन्। तर उनी नेपाल आउँदा उनको लक्ष्य अहिलेको क्रिकेटरको जस्तो थिएन। भारतबाटै भारतीय आर्मी बन्न मिलेन। त्यसपछि आफ्नो देशबाट भारतीय आर्मी बन्ने धोकोसहित उनी नेपाल छिरे। आर्मी बन्ने धोको नेपाल आएर पनि सफल भएन।

‘मलाई आर्मी बन्ने एकदमै इच्छा थियो। भारतबाट नहुने भएपछि म नेपालमा आएर इन्डियन आर्मीमा जागिरे बन्ने लक्ष्य बनाएँ। तर म छनोट हुन सकिनँ’, अविनाशले सुनाए।

हुन त भाग्य र कर्मबीच जहिल्यै बहस चल्छ। कतिपय अवस्थामा भाग्यकै जित हुन्छ। अविनाशलाई पनि त्यस्तै भयो। आखिर क्रिकेटर बन्नु रहेछ। आर्मी बन्ने कर्म अपूरो हुँदा पनि यत्तिको खुशी मिल्नु रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

एउटा सपना टुट्यो। नेपालगञ्जस्थित ठूली आमाकोमा बस्दै आएका अविनाश सोच्न सक्दैनन्। यत्तिकै अविनाशको जम्काभेट त्यहाँका क्रिकेट खेल्ने केटाहरुसँग भयो। त्यहिँबाट उनको बाटो मोडिन्छ। अनि लक्ष्य पनि।

एउटा गतिहिन पाइला चालिरहेका उनमा नेपालगञ्जमा खेलिएका गल्लि क्रिकेटले जीवनमा नयाँ आयम थपिदिन्छ। ‘केटाहरु क्रिकेट खेलिरहेका रहेछन्। म पनि त्यहाँ नै क्रिकेट खेल्न थालेँ। त्यसबेला म पनि केही गर्न सक्छु कि जस्तो महसुश भयो। त्यसपछि आमा बाबुलाई फोन गरेर म क्रिकेट खेल्छु भनेँ’, उनले थपे।

आँट गर्नु पर्छ बाटो देखिन्छ भने जस्तै भयो, अविनाशलाई। सहयोगी हातहरु तथा आत्मबल दिने मान्छेको कमी पाएनन्। क्रिकेटमा यो स्थानसम्म आइपुग्न उनले साथ पाइरहे। त्यसमध्ये एक जनाको नाम लिँदै उनी भन्छन्, ‘अशोक कुमार राई दाइ हुनुहुन्थ्यो। उहाँकै कारणले गर्दा म अहिले यो स्थानमा छु। डाइटदेखि जिमहलसम्मको व्यवस्था दाइले मिलाइ दिनुभयोे।’

खेल्दै गर्दा अविनाशको बलिङको चौतर्फी तारिफ हुन्थ्यो। सबैले भन्थे, ‘तिम्रो बलिङ राम्रो छ। खेल्दै जाउँ राम्रो हुन्छ।’

तर अविनाशले नेपाल आउनु अघि ड्युज बलले कहिल्यै खेलेका थिएनन्। सिम्लामा कपडा र टेनिसको बलले साथीहरुसँग रमाइलोका लागि क्रिकेट खेल्ने अविनाश त्यहाँ हुँदा न त एकेडेमी नै गए न कुनै प्रशिक्षकबाट तालिम नै लिए।

‘मैले त्यहाँ ड्युज बलले खेलेको थिइनँ। कपडाको बल र टेनिस बलले मात्रै क्रिकेट खेल्थेँ। सिम्लामा साथीहरुले खेलेको देख्दा म पनि गएर खेल्थेँ’, उनले सुनाए। 

त्यो असफलता
असफलता नै सफलताको खुड्किलो हो। त्यही असफलताले मान्छेलाई एकदिन शिखरमा पुर्‍याउँछ अनि सत्मार्गमा। अविनाशको जीवनमा पनि यस्तै भएको छ। उनी एक असफल खेलाडी हुन्। तर त्यो बेलाका। जतिबेला टिमको क्याम्पमा बारम्बार परेर पनि फालिइरहे।

‘यु-१९ को राष्ट्रिय प्रतियोगिता खेलेर आएको थिएँ। ३-४ पटक नै म टिमको क्याम्पमा परेँ। तर सधैँ फालिएँ,’ उनी थप्छन्, ‘यसरी असफल हुँदै गएपछि दिमागमा पनि धेरै कुराहरु आउँदो रहेछ। ४-५ वर्ष जति नै भइसकेको थियो। उपलब्धि थिएन। शून्य शून्य नै थिएँ।’

यही बीचमा उनको भेट, तत्कालिन कप्तान पारस खड्का, बसन्त रेग्मी लगायतका राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीहरुसँग भयो। त्यो बेलासम्म उनीसँग पैसा पनि हुँदैन थियो। जागिर खान पाए हुने भन्ने स्थितिमै थिए।

अविनाश भन्छन्, ‘पारस दाइले राम्रो खेल्नु भन्नु हुन्थ्यो। पैसा हुँदैन थियो। जागिर लगाइदिन्छु भन्नु भएको थियो। पारस दाइकै कारण म एपीएफ क्लबमा आबद्ध भएँ।’

सात दिनको लागि दुई सय रुपैयाँ
काठमाडौं यस्तो शहर हो, जहाँ पैसा विना हिँड्न पनि मुस्किल छ। महंंगीले उचाइ लिइरहेको काठमाडौंमा अविनाशलाई आफ्नो उचाइ बनाउन निकै कठीन भयो। यतिसम्म कि दुई सय रुपैयाँले हप्ता दिनसम्म चल्नुपरेको सम्झना उनीसँग छ। 

हुन पनि उनमा युवा जोश थियो। अनि आफूले भोगेका अनेकौं असफलताहरु। आफ्ना लागि असफल नै छाया बनेर पछ्याइरहेको बेला पैसाको संकटले थप कष्टकर बनायो।

‘सपना मैले नै हेरेको हो। पूरा पनि मैले गर्नु पर्छ। म ठूलो भइसकेको छोरा। घरबाट पैसा नदिने त होइन तर कति माग्नु। यस्तै लाग्थ्यो’, उनी भनिरहे, ‘मसँग दुई सय रुपैयाँ मात्रै थियो। त्यो दुई सय रुपैयाँले खाना खानु पर्‍यो, अभ्यास पनि जानु पर्‍यो। यस्तो सोचे कि मेहेनत गरिरहेको छु। मेहेनतको फल त आउला नी बरु एक समयको खाना र डाइट नै खाँदिन, खाजा पनि खाँदिन भनेर निर्णय गरेँ।’

अविनाशले न त त्यस्तो समस्या पहिले ब्यहोरेका थिए, न अब बेहोर्न पर्ला। त्यस्तो समस्याबाट गुज्रिएको केही दिनपछि घरबाट पैसा आयो। ढुक्क भए अविनाश। तर आफ्नो क्रिकेट करियरबाट?

यु-१९ टिमबाट फालिएका अविनाश यसै बसिरहेका थिए, एकदिन उनलाई पारसको फोन आयो। राष्ट्रिय टिमको क्याम्प चलिरहेकाले बलिङ गर्न आउनु भन्ने कुरा पारसबाट सुनेपछि अविनाश मैदानतर्फ लागे। 

त्यो समयमा अविनाशले आफूलाई असली हिरा बनाउने मौका पाएका हुन्। सिनियर खेलाडीबाट सिक्ने मौका पाए। त्यो समय अवसरको रुपमा लिएका अविनाशले नेपालमा अनुभवि र राम्रा ब्याट्सम्यानलाई बलिङ गर्न पाए। त्यसरी झण्डै एक वर्ष त उनले बलिङ मात्रै गरे। 

दुबै हातमा लड्डु
अविनाश राष्ट्रिय टिममा परेको धेरै समय भएको छैन। एक वर्षभन्दा बढी मात्रै भएको छ। तर उनी राष्ट्रिय टिममा परेपछि नियमित खेल्दै आएका छन्।

फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गरेपछि अविनाश युएई टुरका लागि क्लोज क्याम्पमा परे। क्याम्पमा परे पनि राम्रो गर्न नसकेको अविनाश सम्झिन्छन्। ‘क्याम्पमा त्यस्तो राम्रो त भएको थिएन। मलाई यस्तै लागेको थियो। तर टिममा मेरो नाम आयो। म त छक्क परेँ।’

विगतमा भोगेको असफलता उनले सम्झिरहे। एउटा निचोडमा पुगेका उनले अब पछाडि कुनै पनि हालतमा नसर्ने बाचा गरे।

यसैबीच नेपालले युएईविरुद्ध उसैको भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ऐतिहासिक सफलता पायो। तीन खेलको सिरिज २-१ ले जित्यो। तर अविनाश बेन्चमै थिए।

एकदिवसीय सिरिजमा त खेल्न पाइनँ। टि-२० सिरिजका खेलमा चाहिँ खेलाउँछन् होला भन्ने आश थियो। टि-२० मा राम्रो पनि भइरहेको थियो मेरो। नभन्दै खेल्ने अवसर पाएँ।

तीन खेलकै टि-२० सिरिजको पहिलो खेलमा अविनाशसँगै सन्दीप जोरा र रोहितकुमार पौडेलले डेब्यु गरे। पहिलो खेलमा नेपाल २१ रनले युएईसँग हार्दा अविनाशले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर एक विकेट लिए। दोस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दा अविनाशले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए। तेस्रो खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले टि-२० सिरिजमा पनि ऐतिहासिक सफलता पाउँदा २ ओभरमा १६ रन खर्चिएर अविनाशले २ विकेट लिए।

सिरिज नै २-१ ले जितेपछि अविनाश खुशी नहुने कुरै भएन। पूरै टिम उमंगमा डुबेको थियो। त्यही बेला अविनाशका लागि अर्को सफलता मिल्यो। टि-२० सिरिजको प्लेयर अफ द सिरिज। आफ्नो डेब्यु सिरिजमै यो उपलब्धिले विगतमा गरेका संघर्ष र कठीन परिस्थितिलाई भुले।

खुशी हुँदै अविनाश त्यो पल सम्झिन्छन्, ‘प्लेयर अफ द सिरिज हुँदा म पनि छक्क परेको थिएँ। सोमपाल दाइ र म संगै थियौं। करण दाइ हुनुहुन्छ होला भनेर सोचेको थिएँ। तर म पो भएछु। सोमपाल दाइले जा.. जा... तेरो नाम लिएको हो भन्नु भयो।’

दीपेन्द्र ‘राजा’
राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश रुम पार्टनर हुन्। दुबै जनासँगै बस्दै आएका छन्। तर अहिले दीपेन्द्र घर गएका छन् भने अविनाश काठमाडौंमै।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लकडाउनले गर्दा दीपेन्द्र घरैमा रहेका हुन्। ‘रुम पाटनर पनि भइसकेपछि धेरै कुराहरु हुँदो रहेछ। यस्तो गर्नु पर्छ। राम्रो गर्नु पर्छ। हामी २४ घण्टा नै संगै हुन्छौं। अभ्यास पनि संगै गर्छौ। बिहान जिम जानुदेखि अभ्यासमा हामी सँगै जान्छौं। दीपेन्द्र भएपछि मलाई हरेक कुरामा सजिलो हुन्छ’, अविनाश भन्छन्।

दीपेन्द्र र अविनाशसँगै बस्न थालेको १ वर्षभन्दा बढी भयो। राष्ट्रिय टिममा परेपछि उनी दीपेन्द्रसँग बस्न थालेका हुन्। उनी भन्छन्, ‘हामी एकदमै मिल्छौं। कहिले काही उसलाई खाना बनाउन अल्छि लाग्यो भने म पकाउँछु उसले तरकारी काट्ने हो। भाँडा धुने हो। म खाना पकाइरहेको छु भने पनि उ गफ गरिरहेको हुन्छ। झ्याउ लाग्दैन।’

दीपेन्द्र र अविनाशमा उस्तो समस्या कहिल्यै आएन। गजबकै साथ र सहयोग हुन्छ। ‘हामीबीचमा यस्तो कुरा मिल्छ कि केही कुराले तनाब ल्याउँदैन। हाम्रो यस्तो छैन कि आज तैले यति खर्च गरिस, म यति खर्च गर्छु। सम्बन्ध विगार्ने भनेको पैसाले हो। दीपेन्द्रसँग छ उसले ल्याउँछ, मसँग छ म ल्याउँछु’, अविनाश सुनाउँछन्। 

दीपेन्द्रले अविनाशलाई ‘अविनाश नै भनेर बोलाउँछन् कहिले काही ‘साथी’ शब्दबाट पनि। अविनाशले भने दीपेन्द्रलाई अधिकांश ‘राजा’ शब्द प्रयोग गर्छन्। भन्छन्, ‘उसले मलाई अविनाश भनेर बोलाउछन्। म चाहिँ राजा भन्छु। राजा भन्दा उ हाँस्छ।’

पारसबाट अभिभावकत्व 
पारस खड्का नेपाली क्रिकेटमा लाग्ने रहेकको आइडल नै हुन्। अविनाशलाई पनि यस्तै लाग्छ। अविनाश आफूलाई पारसबाट अभिभावकत्व पाएको महशुस हुने गरेको बताउँछन्।

लामो समय नेपाली क्रिकेट टिमका कप्तानको रुपमा रहेका पारस असली हिरो नै हुन्। नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका पारससँग सिक्न पाउनु भाग्यमानी भएको अविनाशको तर्क छ।

‘म पारस दाइको घर गएर कुरा गर्थे। कुन खेलाडी कस्ता छन् भनेर दाइसँग सोध्थेँ। कसरी राम्रो गर्न सकिन्छ भन्ने टिप्सहरु दाइबाट लिन्थेँ। दाइले हरेक कुरामा साथ दिनुहुन्थ्यो। दिइरहनु भएको छ।’

अहिले विश्वभर नै कोरोनाले खेलकुद बन्द अवस्थामा छ। यतिबेला कोरोना भाइरस नभइदिएको भए नेपाली क्रिकेट टिम ब्यस्त हुने थियो। अविनाश पनि। आइसिसी विश्व कप छनोट लिग-टु को खेलहरुमा राम्रो गर्दै छनोट हुने नेपालको लक्ष्य छ। अविनाश यहि प्रतियोगितालाई मुख्य लक्ष्य गर्दै ५० ओभरमा आफ्नो बलिङ अब्बल बनाउने लक्ष्यमा छन्।

भन्छन्, ‘५० ओभरका खेलमा राम्रो प्रदर्शन गर्ने भन्ने हो। तिब्रगतिदेखि योर्करलाई अझै किफायती बनाउनु छ। यी कुराहरुमा मेरो ध्यान छ।’ 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्