काठमाडौं– कोरोनाका कारण प्रत्यक्ष प्रभाव पारेको पर्यटन क्षेत्र रिभकर हुन कम्तीमा ३ वर्ष लाग्ने अनुमान गरिएकाे छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर धनञ्जय रेग्मीले सोमबार भिडियो सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।
‘आउँदो वर्षसम्म ५० प्रतिशत रिकभर हुनसक्छ,' उनले भने, ‘२०२२ मा मात्र २०१९ कै अवस्थाामा पुग्न सक्छ।’ यसका लागि पर्यटक उद्योग बचाउका लागि सबैभन्दा बढी ध्यान आन्तरिक पर्यटनमा दिनुपर्ने रेग्मीले बताए।
‘पर्यटन क्षेत्रमा गतिविधि खुला गर्नुअघि धेरै तयारी आवश्यक छ,’ रेग्मीले भने, ‘सम्बन्धित निकायमा कार्यविध बनाएर हामीले दिएका छौ।’ यसका लागि भ्रमण बिदा दिने नीति सरकारले ल्याउनुपर्ने उनको तर्क छ। पर्यटन मन्त्रालयले पनि नयाँ बजेटमा पर्यटन बिदाको अवधारण अगाडि सार्ने तयारी गरेको छ।
साथै सरकारले कुनै एउटा व्यक्तिलाई ५० हजार रुपैयाँसम्म आयकर छुट दिने हो भने पर्यटन क्षेत्रको रिभकरमा सहयोग पुग्ने रेग्मीले बताए। यस्तो गरेको अवस्थमा १८ लाख मान्छे घुम्ने निसक्ने र उनीहरुबाट ५३ अर्ब ६४ करोड खर्च हुने आँकलन बोर्डले गरेको छ। यसमा सरकारलाई सामान्यत ३ अर्ब घाटा हुने रेग्मी बताउँछन्।
‘यो घाटा खर्च गर्नेले तिरैको करबाट पूर्ति हुन्छ,’ उनले भने, ‘अन्तिममा हुने घाटा ५४ करोडमात्र हुन्छ। यो खासै ठूलो घाटा पनि हैन।’ साथै त्यसबाट रोजगारी पनि सिर्जना हुने रेग्मीको तर्क छ। 'त्यसैले यसबाट राज्यलाई फाइदै हुन्छ। कोभिडको प्रभावबाट रिकभर हुने आफ्नै नयाँ प्लान चाहिन्छ,' उनले भने, 'पर्यटन क्षेत्रमा १ खर्ब ५३ अर्ब लगानी छ। ५४ अर्ब ऋण छ। १० लाख बढी रोजगारी पाएका छन्।'
नेपालमा दर्ता भएका व्यापारमा मात्रै २ लाख ७३ हजारले रोजगारी पाएको देखिन्छ। त्यस्तो अवस्थामा राहत दिँदा २ लाख ७३ हजार श्रमिकलाई मात्र दिनुपर्ने रेग्मीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।