काठमाडौं–बाहिर जिल्लाका मानिसहरु राति–राति काठमाडौं प्रवेश गर्न थालेपछि नाकाहरुमा कडाइ गर्न थालिएको छ। महानगरीय प्रहरी परिसरले अब बिरामीबाहेक अरु काठमाडौं छिर्न नपाउने गरी कडाई गर्न लागिएको जनाएको छ।
गृहस्रोतले पनि अन्य जिल्लाले काठमाडौं छिर्ने पास दिन नसक्ने उल्लेख गर्दै बिरामीबाहेक अरुलाई प्रवेशमा कडाइ गरिने जनाएको छ।
काठमाडौं उपत्यकाबाहिरका जिल्लामा संक्रमितको संख्या बढेसँगै काठमाडौं प्रवेश गर्नेहरुका कारण जोखिम पनि बढ्नसक्ने भएकाले नाकाहरुमा कडाइ गर्न लागिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।