काठमाडौं–पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू(भागनजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायुका कारण देशभर बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू(भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भू भागमा मेघ गर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित वर्षा भइरहेको छ। विभागले यस क्षेत्रमा सतर्क रहन पनि आग्रह गरेको छ। साथै उक्त प्रणाली पूर्वतर्फ सर्दै गएको जनाएको छ। विभागले तीन दिनसम्म वर्षा हुनसक्ने अनुमान पनि सार्वजनिक गरेको छ। विभागले कुनै क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सम्भावना रहेकाले सर्तकता अपनाउन पनि आग्रह गरेको छ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
बैशाख २२ गते (सोमबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २३ गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिनासहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको अधिकांश भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तराईका भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।