प्रतीकात्मक तस्बिर
काठमाडौं- अमेरिकामा कोरोना भाइरसका कारण ६६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन होप्किन्स विश्वविद्यालय अद्यावधिक गरेको विवरण ६६ हजार ७ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको हो। यो नेपाली समय अनुसार राती साढे ११ बजेको तथ्यांक हो।
त्यहाँ निको भएर घर फर्कनेको संख्या १ लाख ७५ हजार ३ सय ८२ छ।
अमेरिकामा हालसम्म ११ लाख ४३ हजार ४ सय ३३ जनामा यसको संक्रमण पुष्टि भएको छ। त्यहाँ ६८ लाख १६ हजार ३ सय ४७ मानिसमा कोरोनाको परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।