काठमाडौं- वीरगञ्ज र नेपालगञ्जमा गरी थप १६ जना व्यक्तिसमेत गरी नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता डा विकास देवकोटाले थप १६ जना जना समेत गरि ७५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन्।
आइतबार वीरगञ्जमा १ जना र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको जानकारी मन्त्रालयले दिएको हो। उनीहरु अस्पताल ल्याउने क्रममा रहेको उनको भनाइ छ।आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत उनले बताए।
यसअघि नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यो सँगै जम्मा ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि नै १६ जनाको भने उपचार सफल भएर घर फर्किइसकेका छन्। हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारीबाट प्राप्त जानकारीका आधारमा नेपाल लाइभमा 'नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए' शीर्षकमा प्रकाशित समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ। नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।