काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो, सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचारत । (थप १० जनामा कोरोना)
२) संसदको बजेट अधिवेशन वैशाख २६ देखि, नीति तथा कार्यक्रम जेठ पहिलो साता, सामाजिक दूरी कायम गरी बैठक सञ्चालन गर्ने तयारी सकिएको संसद सचिवालयको भनाइ । (बजेट अधिवेशन २६ बैशाखमा)
३) असंगठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा सांसदहरुले जोड, सबै स्थानीय तहहरुमा एक औद्योगिक क्षेत्र स्थापना गर्नेगरी बजेट ल्याउन सुझाव । (बजेटमाथि सांसदको सुझाव)
४) इंग्लिस प्रिमियर लिग फुटबल सकाउन क्लबको घरेलु मैदानको विकल्पका तेस्रो मैदान प्रयोग गर्ने विषयमा ब्राइटनको असहमति, विकल्पमा तेस्रो मैदान प्रयोग गर्दा खेलमा असर पर्ने तर्क । ( ब्राइटनको असहमति)
५) र, उत्तर र दक्षिण कोरियालाई छुट्टयाउने असैनिक सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान, गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख दक्षिण कोरियाको भनाइ । (उत्तर र दक्षिण कोरियाबीच तनाव)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।